अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिइने जैविक विविधता संरक्षण र वित्तीय संघीयता सहयोग रोक्ने कारण खुलाएका छन् । ट्रम्पले सो रकमलाई ‘फ्रड’भन्दै सहयोग रोकेको बताएका छन्।
ट्रम्पले सत्ता सम्हाल्ने बित्तिकै ३९ मिलियन डलरको अनुदान स्थगित गर्ने निर्णय गरेका थिए । सो निर्णयले नेपालमा जैविक विविधता संरक्षणका लागि १९ मिलियन डलर र वित्तीय संघीयताका लागि २० मिलियन डलरको रकम रोकेको छ। ट्रम्पले फ्लोरिडास्थित मार-ए-लागोमा पत्रकार सम्मेलनका क्रममा भने, यो फ्रड हो भनेका छन् ।
ट्रम्पले नेपालसहित भारत, मालदिभ्स, लाइबेरिया, माली र साउथ अफ्रिका लगायतका देशलाई दिइने सहयोग पनि रोकेको जानकारी दिएका छन्।
यूएसएडले नेपालमा सञ्चालन गरेको ६ परियोजना रद्द गरेको अमेरिकी सहयोग नियोगले जानकारी दिइएको छ। साथै, अमेरिकी एमसीसी परियोजनाका कामको भुक्तानी पनि नेपालमा रोकिएको छ।