Shopping cart

Magazines cover a wide array subjects, including but not limited to fashion, lifestyle, health, politics, business, Entertainment, sports, science,

TnewsTnews
अन्तर्राष्ट्रिय समाचार

इन्डो-नेपाल प्रोफेसनल फाईटरकि स्वर्ण पदक बिजेता नगरकोटिले फेरि जितिन् फाईट ।

Email :40

काठमाडौँ

गत बर्ष भारतमा भएको इन्डो-नेपाल प्रोफेसनल फाईटमा स्वर्ण पदक हासिल गरेकी ललितपुर गोदावरी-०६ सो-क्योकुसिन कराते डोजो कि सुमित्रा नगरकोटिले हालै थाइल्यान्डको बैंककमा भएको २० औं डब्लुएमएफ बिश्व मुयाथाई प्रतियोगितामा रजत पदक पुनः जितेकी छिन् भने परिका बतासले कांस्य पदक जितेकि छिन् ।

नगरकोटिले ५७ के.जीमा ईटालीको मिचेला पिन्नालाई हराउदै सेमिफाईनमा प्रवेश गरेकी थिईन् भने फाईनलमा ब्राजिलकि क्यामेला मोस्म्यान संग पराजित हुँदै नगरकोटिले रजत पद हासिल गरेकी हुन् ।

ललितपुर गोदावरी-०६ शिखर्पाको सामान्य परिवारमा जन्मेर अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक, रजत पदक साथै विभिन्न रास्ट्रीय प्रतियोगितामा जित हासिल गर्नु भनेको निकै नै उत्साह र गर्बको बिषय हो र नयाँ उदाउदै गरेका खेलाडीहरुका लागि सुमित्रा नगरकोटि एक प्रेरणाकि स्रोत हुन् भन्दै सो-क्योकुसिन कराते डोजो का प्रशिक्षक दिनेश नगरकोटिले सम्बादमा उनले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts