![]()
![]()
काठमाडौंमा,
विश्व संगीत दिवस २०२५ भव्य रुपमा सम्पन्न
नारा: स्रस्टा र संगीत प्रति सम्मान,
काठमाडौं, असार ७ – विश्व संगीत दिवस २०२५ को अवसरमा “सष्ट्रा र संगीत प्रति सम्मान” भन्ने नारासहित राजधानीको लाजिम्पाटस्थित फेरिल्याण्ड अप्सरा भूमि बोर्डिङ स्कुलमा एक विशेष कार्यक्रमको आयोजना गरियो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ रंगकर्मी हरिहर शर्मा र सकुन्तला शर्मा रहनु भएको थियो। कार्यक्रममा संगीत तथा कला क्षेत्रमा विशिष्ट योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागी अतिथिहरूमा:
प्रसिद्ध गायिका सुकमित गुरुङ
वरिष्ठ कलाकार तथा निर्माता संघका अध्यक्ष र नेपाल चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई
गीतकार तथा वरिष्ठ कलाकार मुकुन्द किशोर भट्टराई
गायिका बुनु राईले मानन्धर
लोकगायिका हरिमाया गुरुङ
युवा समाजसेवी तथा संगीत क्षेत्रमा योगदान दिने दिनेश उदास तुलाधर
साथै अन्य चर्चित गायक-गायिका र कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजन शिक्षक तथा गायक संजोग कालिकोटेले गर्नुभएको थियो भने सञ्चालन पत्रकार तथा काठमाडौं नागरिक आवाज मिडियाका प्रबन्ध निर्देशक श्याम काजी सुनुवारले गर्नुभएको थियो।
कार्यक्रममा काठमाडौं महानगरपालिका–२ मा स्थायी रुपमा बसोबास गर्ने तथा संगीत र रंगकर्ममा योगदान पुर्याउँदै आउनुभएका वरिष्ठ कलाकारहरूलाई दोसल्ला र सम्मानपत्र द्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा गायक सिमोन खड्का, संजोग कालिकोटे, रमेश डंगोलका प्रस्तुति तथा फेरिल्याण्ड स्कुल लाजिम्पाटका विद्यार्थीहरूको सांगीतिक प्रस्तुति विशेष आकर्षण बनेको थियो।
संगीत र संस्कृतिप्रतिको सम्मान र नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्यसहित सम्पन्न भएको यस कार्यक्रमलाई उपस्थित सबैले सकारात्मक रुपमा लिएका थिए।