काठमाडौं
सामाजिक अभियान्ताको रूपमा चिरपरिचित दलित का लागि दलित अभियानका प्रमुख खगेन्द्र सुनारले आज काठमाडौँमा भव्य र सभ्य तरिकाले बिशाल भेला आयोजना गरेका छन्। दलित अधिकारकर्मी देखि लिएर दलित र उत्पीडनमा परेका व्यक्तित्वहरूको निकै ठूलो उपस्थिति रहेको थियो। “आफ्ना लागि आफैं” र “दलितलाई खै ?” भन्ने नारा सहित सुरु भएको ४४ दिनसम्मको निरन्तर नेल सहितको एउटा प्रर्दशनी ले बृहत रूप लिएको छ जुन विगत् २००७ सालपछिको क्रान्ति, ७५ वर्षको इतिहास् मै आजसम्म दलितहरूको लागि दलित आफै लागि परेको र दलित आफैले मुक्ति आन्दोलन र विभिन्न आन्दोलन र परिवर्तन मा अग्रणी भुमिका निर्वाह गरिरहदा पनि आज सम्म राज्य स्तरबाट अपहेलित हुदै सामाजिक रुपमा हिंसा भोग्दै र अपहेलित हुदा राज्य स्तरबाट दलित समुदायको सवाललाई उचित सम्बोधन हुन नसकेको र अझ अन्याय मा रहेको हुनाले दलित आफै आफ्नो लागि एक जुट हुनुको बिकल्प नरहेको उद्घोष गरेका थिए | रुकुम नर सङ्हार मा नवराज लगायत ६ जनाको हत्या र परिवार ले भोग्नु परेको पिडा सम्झिएर केहि क्षण भाबुक बनेका सुनार अजित मिजार को घटनामा आक्रोश ब्यक्त गर्दै भने न्याय नपाए सम्म हामी लडिरहनेछौ । त्यसको लागि ज्यान नै आहुति दिनु परेता पनि पछि नपर्ने भनिरहँदा भिडको आक्रोश एकसाथ गुन्जिएको थियो।
राज्यको विभिन्न तह र तप्कामा दलितहरूको उपस्थिति न्यून रहेको अझ भनौ नरहेको अवस्थामा दलितहरू अब उठ्नुपर्छ र दलितहरु आफ्नो लागि आफै लड्नुपर्छ भन्ने एउटा उद्घोष गर्दै खगेन्द्र सुनारले अब दलित हरु एक जुट हुनुपर्ने र आन्तरिक रुपमा भएका कमिकमजोरी र एक अर्कासँग हातेमालो गर्दै दलित आन्दोलनलाई अगाडि बढाउनु पर्ने जिम्मेवारी हाम्रो काधमा आएको र जो जहाँ छौ त्यहि बाट उठेर प्रश्न गर्ने ल्याकत राख्नु पर्छ , जुन हाम्रो अधिकार र न्याय संग जोडिएको छ। अघिल्लो पुस्ताका नेत्तृत्वलाई पुज्य मान्दै दाई र दिदी पुस्तालाई धन्यवाद भन्दै अब दलित आन्दोलन निष्कर्षमा पुर्याउन जिम्मेवार भुमिका निर्वाह गर्न अपिल गर्दै न्याय र समानताको लडाई मा बलिदानी दिनु परेता पनि तयार रहन आह्वान गरेका छन।
आफ्नो नाम पनि ख बाट उच्चारण हुने र अहिलेका प्रधानमन्त्रीको नाम पनि ख बाट नै हुने भएको हुनाले र राशि पनि मकर नै परेको हुनाले हामी दुवैको खड्को रहेको र त्यो खड्को काट्नलाई नै मैले ४५ दिन फलामको नेल लाएर बसेको हुँ र मैले मेरो खड्को त काटे अब प्रधानमन्त्रीले चाहिँ आफ्नो खड्को काट्नको लागि चाहिँ घोडाको टापको औठी बनाएर माझी औलामा लाउनुस् भन्ने व्यङ्ग्यात्मक टिप्पणी गर्दै उनले यो उद्घोष पनि गरेका छन् कि अब दलितहरुको लागि दलित जागिसके अब तपाईहरु सुध्रिनुस भनेर खबरदारी गर्दै ।आफू जुनसुकै पक्षमा उभिन तयार भएको तर त्यो दलित को हितमा हुनुपर्ने र यदि राजा फर्काउने कुरा हो भने राजा फर्काउन चाहेको र राजा फर्काउँदा राजा चाहिँ दलित नै हुनुपर्ने भन्ने व्यङ्ग्यात्मक शैलि प्रयोग गरेका शदियौं देखि दमन र शोषण भोगेका दलित हरुको यो भेला आफैमा सभ्य र भब्य देखिन्थ्यो। कार्यक्रम को दौरान मा स्वयमसेवकहरुले पानीको खालि बोटल, फ्रुटि, चाउचाउको प्याकेट संकलन गरिरहेको देख्न सकिन्थ्यो ।
बिगत ४४ दिन देखिको निरन्तर नेल सहित को आन्दोलनलाई भोली स्थगित गर्दै फरक ढंगबाट आन्दोलनलाई अगाडि बढाउनु पर्ने धारणा राख्दै यो आन्दोलनलाई नयाँ मोडल मा लिएर जाने आसय ब्यक्त गर्दै ,आन्दोलनलाई पुर्व देखी पश्चिम सम्म जुझारु र सक्रिय गराउन जनस्तर बाटै आफु लागि पर्ने घोषणा गरेका छन ।