चैत्र २२, ललितपुर
गोदावरी नगरपालिका लेले टिकाभैरब सो-क्योकुसिन कराते डोजोकी खेलाडी सुमित्रा नगरकोटि, यसै मार्च ९ र १९ थाइल्यान्डमा हुन गैइरहेको World Muyathai championship मा सहभागी हुन यसै बिहिबारका दिन बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । लेले वडा-६ का अध्यक्ष बिष्णुमान महर्जनले बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै पदक हासिल गर्न अग्रिम शुभकामना ब्यक्त गर्दै खेलाडीहरुलाई भबिस्यको उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गरेका छन्, साथै सो कार्यक्रममा बौद्धिक तथा समाजका अगुवा, युबाबर्ग र शिक्षकहरुको सहभगिता थियो । टिकाभैरब सो-क्योकुसिन करातेका अध्यक्ष प्रदिप थापा, प्रशिक्षक दिनेश नगरकोटि, रामहरि खड्का, सरोज खत्रीले गर्व महसुस गर्दै डोजोको सपना आज पूरा भएको भन्दै शुभकामना ब्यक्त गरेका छन् ।