काठमाडौँ । दलितका लागि दलित प्रमुख खगेन्द्र सुनारको नेतृत्वमा काठमाडौमा आज शनिबार दर्जनौ युबाहरुले अर्धनग्न प्रदर्शन गरेका छन् । दलितलाई खै भन्ने मुल नारा सहित बिगत एक महिना देखि नेल लगाएर बसेका सुनारको भनाई यो छ कि बर्तमान सरकारमा दलितको प्रतिनिधित्व खै? दलित मैत्री सरकार बन्नु पर्छ र संविधानमा उल्लेख भएका अधिकारहरूको पालना यो सरकारले गर्नु पर्छ भन्दै शनिबार दिउँसो माइतीघरमा युबाहरुले अर्धनग्न जुलुस निकालेका छन् । सुनार भन्छन्, यो त ट्रेलर मात्र हो । बाकी, असोज तीन, संविधान दिवसको दिन-आफ्नो लागि एक छिन । दलितलाई खै भन्ने प्रश्न गर्न हजारौ दलित काठमाडौमा आउदैछन् भनेर सरकारलाई ध्यानाकर्षण निरन्तर गरिरहेका छन् । आज काठमाडौमा अर्धनग्न युबाहरुले दलित दास भएर बस्दैन, दलित लास भएर बस्दैन, संविधान बन्यो दलित लाई खै भन्ने आवाजका साथ आफ्नो आवाज बुलन्द गरेका छन् ।