काठमाडौँ — प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनले चुडामणि कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
दोहामा सम्पन्न अधिवेशनबाट उपाध्यक्ष अफ्सर अलि खान, विनेश तामाङ, टिका कार्की, भिम तरामु मगर रहेका छन् । सचिव शेषराज तिमिल्सिना, उपसचिवहरु क्रमशः खेमराज सुवेदी, मेनुका खतिवडा भण्डारी, शोभाकर भुसाल र जमिर नदाफ रहेका छन् ।
सदस्यहरु क्रमशः श्रीधर आचार्य, शिवकुमार भुजेल, नवराज शाही, गोपाल बस्नेत, गोपाल खतिवडा, हेमराज रिमाल (दिपक), निरन नेपाल, किरण परियार, टंकबहादुर बिक, कमलेश महतो, मो. असलम साफी, रबिन खत्री, सुदर्शन भण्डारी, रेशम तामाङ, श्याम पाण्डे, मानसिंह विक, भेषबहादर गुरुङ, भिमबहादुर बिश्वकर्मा, उषा रिमाल नेपाल र कृष्णकुमार बस्नेत रहेका छन् ।