Email :32
बिर्तामोड, २७ फागुन ।
खगेन्द्रराज आङ्देम्बे सहित तीन जना युवामाथि गत राती सामुहिक आक्रमण भएको छ । सो आक्रमण बाट तीन जना गम्भीर घाइते भएका छन् । घाईते तिनै जना बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार गराईरहेका छन् । आङ्देम्बे रास्ट्रिय युबा संघ झापाका ईन्चार्ज समेत हुन् ।
इन्चार्ज आङ्देम्बेको आइसियुमा र अन्य २ जना घाईतेको वार्डमा राखेर उपचार भइरहेको छ । ईन्चार्ज आङ्देम्बे माथी खुकुरी प्रहार भएको थियो । खुकुरीबाट उनको अनुहारमा गम्भीर चोट लागेको छ र शरिरका विभिन्न भागमा चोट लागेको छ ।
घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको छ ।