सिन्धुली — बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत कमलामाइ नगरपालिका २ चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका ६ का पृथ्वी भुजेल र उदय मगर रहेका छन् । गोलन्जोर गाउँपालिकाको-६ को हैबार नाकाझोलीबाट सदरमुकाम आउँदै गरेको तरकारी तथा खाद्यान ओसार पसार गर्ने डबल क्याव बा २० च ८२८३ नम्बरकोबोलेरो दुर्घटनामा परि पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरुलाई काठमाडौं पठाइएको छ । अन्य घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।