ललितपुर गोदावरी वडा न. ६ आनन्द बन हस्पिटल नजिकैको बस्तीमा गएको तीन दिनको भीषण बर्षाका कारण पहिरोमा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने हरुमा एकै घरका दुई जना बुबा छोराको मृत्यु भएको छ । भिषण वर्षा भैईरहेको समयमा घर भित्र भेल पस्छ भन्ने डर ले बुबा छोरा भेल कटाउन भनी बाहिर निस्कदा पहिरो आई दुबै जनालाई पहिरोले पुरेको हो र दुई दिन सम्म निरन्तर स्थानीयहरुको पहलमा खोजीकार्य भएको हुदा गत साझ ५ बजे तिर मात्र शब भेटिएको स्थानीयहरुले बताउनु भयो । स्थानीयहरुको भनाई अनुसार गोदावरी लेले वडा न. ५ र ६ मा मात्र ९ जनाको मृत्यु भैइसकेको छ साथै सयौं घर भत्किएर आम समुदाय घरबार बिहिन भैइरहेका छन् । यस विषम परिस्थितिको समयमा सबै जना एकजुट हुन र तत्काल बिपद ब्यवस्थापन का लागि नेपाल सरकारलाई स्थानीयहरुले गुहारी रहेका छन् ।