Shopping cart

Magazines cover a wide array subjects, including but not limited to fashion, lifestyle, health, politics, business, Entertainment, sports, science,

TnewsTnews
  • Home
  • समाचार
  • मुख्य समाचार
  • राजा वीरेन्द्रको शालिकमा भएको गतिविधिप्रति राप्रपा लुम्बिनीको आपत्ति, माफी माग्न रास्वपालाई आग्रह ।
मुख्य समाचार

राजा वीरेन्द्रको शालिकमा भएको गतिविधिप्रति राप्रपा लुम्बिनीको आपत्ति, माफी माग्न रास्वपालाई आग्रह ।

Email :94

दाङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष को दाङ आगमनका क्रममा तुलसीपुर नगरपालिकाको वीरेन्द्र चोकस्थित राजा वीरेन्द्रको शालिकमा केही रास्वपा कार्यकर्ताले देखाएको व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।

प्रदेश सचिव द्वारा जारी प्रेस विज्ञप्तिमा उक्त घटनालाई “अपमानजनक, अभद्र र अस्वीकार्य” भनी टिप्पणी गरिएको छ। विज्ञप्तिमा भनिएको छ कि सार्वजनिक स्थलमा स्थापित राष्ट्रिय व्यक्तित्वको शालिकमाथि उभिनु मात्र होइन, त्यसलाई राजनीतिक प्रदर्शनको माध्यम बनाउनु सांस्कृतिक मर्यादा र ऐतिहासिक सम्मानमाथिको आघात हो।

घटना तुलसीपुर उपमहानगरपालिकाको वीरेन्द्र चोकमा अवस्थित को शालिक परिसरमा भएको बताइएको छ। राप्रपाले उक्त शालिकलाई लाखौं नेपालीको भावना र आस्थासँग जोडिएको प्रतीकका रूपमा व्याख्या गर्दै यस प्रकारको गतिविधिले समाजमा अनावश्यक उत्तेजना र द्वन्द्वको वातावरण सिर्जना गर्न सक्ने चेतावनी दिएको छ।

विज्ञप्तिमा रास्वपाले घटनाबारे औपचारिक धारणा सार्वजनिक गरी स्पष्टिकरण दिनुका साथै सम्बन्धित पक्षबाट सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरिएको छ। साथै, भविष्यमा यस्ता गतिविधि नदोहोरिने स्पष्ट प्रतिबद्धता गर्न पनि राप्रपाले आग्रह गरेको छ।

राप्रपाले लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा आवश्यक भए पनि त्यसका नाममा अन्य दल, समुदाय वा ऐतिहासिक व्यक्तित्वप्रति अनादर देखाउनु उपयुक्त नहुने धारणा व्यक्त गरेको छ। निर्वाचनको सन्दर्भमा मतदाताले निर्धक्क र सुरक्षित वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

पार्टीले सबै राजनीतिक शक्ति र नेताहरूलाई संयमता अपनाउन, एक–अर्काको आस्था र भावनाको सम्मान गर्न तथा सामाजिक सद्भाव कायम राख्ने गरी राजनीतिक गतिविधि सञ्चालन गर्न अपिल गरेको छ। लोकतान्त्रिक संस्कृतिको जगेर्ना गर्न सभ्य व्यवहार, पारस्परिक सम्मान र जिम्मेवार अभिव्यक्ति अपरिहार्य रहेको राप्रपाको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts