Shopping cart

Magazines cover a wide array subjects, including but not limited to fashion, lifestyle, health, politics, business, Entertainment, sports, science,

TnewsTnews
राजनीति विशेष

खेलाडीलाई निबृतिभरणको तयारीमा खेलकुद मन्त्री ।

Email :37

चैत्र २३ काठमाडौ,

आज शुक्रबार राष्ट्रिय सभामा आएका प्रश्नहरुको जवाफ दिँदै युबा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरुको भबिस्यलाई ध्यानमा राखी सरकारले राष्ट्रिय खेलकुद नीति, २०६७ संशोधन गरि खेलाडीको हक, अधिकार , सुबिधालाई समाबेश गरि मन्त्रीपरिषद् मा प्रस्ताबित गरेको बताएका छन् ।

मन्त्रीपरिषद् मा खेलाडीलाई खेल जीवन सकिएपछि सरकारी तथा बिभिन्न संघ संस्थाहरुमा रोजगारीको सिर्जना गर्ने तथा निबृतिभरण दिने जस्ता ब्यवस्थाहरु यस प्रस्ताबमा रहेको मन्त्री चौधरीले बताएका छन् साथै खेलाडीको भबिस्य स्वदेश मै सुनिस्चित हुने उनको भनाई छ ।

खेलाडीहरुले खेलकुदमा भबिस्य नदेखे पछि बैकल्पिक काम गर्न बाध्य भएकोले खेलाडीको भबिस्य सुनिस्चित गर्न यो प्रस्ताब मन्त्री परिषद् मा पुगेको उनले बताएका छन् । खेलकुदलाई ब्यबसायिक बनाउन निजि क्षेत्रको सहभागीतामा प्रायोजन ब्यबस्थाका लागि सरकारले ध्यान दिईरहेको उनले बताएका छन् तर मन्त्रालयमा बहुवर्षीय योजनाहरु नभएको उनले बताएका छन् ।

खेलकुद क्षेत्रलाई व्यावसायिक बनाउनका लागि निजी क्षेत्रलाई  सहभागी बनाउनुपर्छ भनेर मन्त्री चौधरीले भनेका हुन् साथै छात्रवृत्ति सिर्जना गर्ने, फुटबल क्लब, लिग संरचना सुधार गर्ने योजनाहरु उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts