काठमाडौं चैत्र-१५, तीनकुनेमा राजाबादी समुहले गरेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । रजक घरको छतमा चढेर टेलिभिजनका लागि दृश्य खिचिरहेका थिए ।
राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएको थियो, सोही क्रममा प्रदर्शनकारीहरुले एक ब्यक्तिको घरमा आगजनी लगाए, रजक सोही घर भित्रको कोठामा थिए । ढोका बन्द भएका कारण उनी बाहिर आउन सकेनन् र आगलागि बाट उनको सोही कोठामा मृत्य भएको हो र उनको शरीर जलेर चिन्न नसकिने भएको छ ।