Shopping cart

Magazines cover a wide array subjects, including but not limited to fashion, lifestyle, health, politics, business, Entertainment, sports, science,

TnewsTnews
अन्तर्राष्ट्रिय समाचार

अमेरिका घुम्न गएपछि तीन महिनामै आफ्नै परिवारमाथि आक्रमण ।

Email :76

अमेरिकामा पारिवारिक भ्रमणमा गएका एक नेपालीले आफ्नै परिवारमाथि आक्रमण गर्दा तीन जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

उदयपुरको बेलका नगरपालिका–९, रामपुर बजारका ५० वर्षीय छत्रबहादुर थापा तीन महिनाअघि छोरी–ज्वाईंको निमन्त्रणामा श्रीमती बिन्दासहित अमेरिका गएका थिए। सोमबार बिहान Fairfax County को मान्तुवा क्षेत्रमा रहेको निवासमै उनले आफ्नी श्रीमती र छोरीमाथि धारिलो हतियार प्रहार गरेका थिए। घटनामा दुवै जनाको ज्यान गएको पुष्टि भएको छ।

त्यसपछि उनले ज्वाईं सन्तोष कुमार बस्नेतमाथि पनि आक्रमण गरेका थिए। स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुगेर थापालाई नियन्त्रणमा लिन प्रयास गर्दा उनले आक्रमण जारी राखेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर थापाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। गम्भीर घाइते बस्नेतको उपचार भइरहेको छ।

परिवारका अनुसार थापा लामो समयदेखि मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त थिए। उनी करिब एक वर्षदेखि अवसादसम्बन्धी औषधि सेवन गरिरहेको बताइएको छ। अमेरिका जानुअघि उनी व्यवसायमा सक्रिय थिए, तर पछिल्लो समय स्वास्थ्य समस्याका कारण पारिवारिक तथा व्यावसायिक जीवनमा असन्तुलन देखिएको थियो।

मृतककी छोरी ममता र ज्वाईं सन्तोष सन् २०१७ मा डिभी पाएपछि विवाह गरेर अमेरिकामा बस्दै आएका थिए। उनीहरूले गत वर्ष एक सन्तान जन्माएपछि नातिलाई भेट्न र घुमफिरका लागि आमाबुबालाई अमेरिका बोलाएका थिए। अमेरिका पुगेपछि तीन महिनासम्म परिवारमा कुनै असामान्य अवस्था नदेखिएको बताइन्छ।

घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts