३ फागुन, मुम्बई ।
आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह ‘ए’ को खेलमा ले लाई ३१ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ। पराजयसँगै नामिबियाको यात्रा भने समूह चरणमै टुंगिएको छ।
चेन्नईमा सम्पन्न खेलमा अमेरिकाले दिएको २०० रनको चुनौती पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन मात्र बनाउन सक्यो। नामिबियाका लागि लोउरेन स्टीनकाम्पले ५८ रनको संघर्षपूर्ण इनिङ्स खेले पनि टोलीलाई जिततर्फ डोहोर्याउन पर्याप्त भएन। जेजे स्मिटले ३१, जान निकोल लफ्टी–इटनले २८, जान फ्रायलिंकले १९ तथा जेन ग्रीनले १८ रन जोडे।
बलिङतर्फ अमेरिकाका शाड्ली भान शाकवाइकले २ विकेट लिए। अली खान, सौरभ नेत्रभल्कार र शुभम रन्जानेले समान १–१ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रनको बलियो योगफल खडा गरेको थियो। सन्जय कृष्णमुर्तीले अविजित ६८ रनको उत्कृष्ट प्रदर्शन गरे भने कप्तान मोनांक पटेलले ५२ रनको योगदान दिए। शयान जहांगिरले २२ रन बनाए।
नामिबियाका लागि विलेम माइबर्ग र कप्तान जेरार्ड एरासमसले २–२ विकेट लिए पनि उच्च लक्ष्य रोक्न सकेनन्।
यस जितसँगै अमेरिकाले ४ खेलबाट ४ अंक जोड्दै सुपर–८ चरणमा पुग्ने गणितीय सम्भावना कायम राखेको छ। यद्यपि, अब उसलाई अन्य टोलीका नतिजामा निर्भर रहनुपर्नेछ। लगातार तेस्रो हार बेहोरेको नामिबिया भने प्रतियोगिताबाट बाहिरिएको छ।













