Email :20
काठमाडौ,
एमालेले सार्वजनिक गर्यो अध्यक्ष ओलीलाई मत दिनुपर्ने ३० आधार
आगामी निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष लाई मत दिनुपर्ने ३० आधार सार्वजनिक गरेको छ। पार्टीले राष्ट्रिय स्वाभिमान, सुशासन, विकास र समृद्धिलाई केन्द्रमा राख्दै मतदातासामु आफ्नो एजेन्डा प्रस्तुत गरेको हो।
एमालेले सार्वजनिक गरेका मुख्य आधारहरू यसप्रकार छन्—
- राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै लोकतन्त्र सुदृढीकरण गर्न।
- विदेशी हस्तक्षेप अन्त्य गर्न।
- जनताका खोसिएका अधिकार पुनःस्थापना गर्न।
- नेपालीको खस्किएको मनोबल उकास्न।
- त्रासमुक्त वातावरण र शान्ति–सुरक्षाको ग्यारेन्टी गर्न
- भ्रष्टाचार र कुशासन अन्त्य गर्न।
- रोकिएका तथा अधुरा विकास आयोजना सम्पन्न गर्न।
- रोजगारी अभिवृद्धि गर्दै युवालाई स्वदेशमै अवसर दिन।
- प्राविधिक तथा सीपमूलक शिक्षा विस्तार गर्न।
- सुस्त अर्थतन्त्र चलायमान बनाउन।
- कृषिमा आत्मनिर्भरता हासिल गर्न।
- उद्योगधन्दा विस्तार गरी उत्पादन र रोजगारी बढाउन।
- पूर्व–पश्चिम एसियन हाईवे, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग र हुलाकी सडक सम्पन्न गर्न।
- दमक–रवि–चिसापानी सडक निर्माण पूरा गर्न।
- नेपाल–चीन मैत्री औद्योगिक पार्क सम्पन्न गर्न।
- सडक बालबालिकाको पुनर्स्थापना गर्न।
- दमक बिजनेस टावर सञ्चालनमार्फत व्यापार–पर्यटन प्रवर्द्धन गर्न।
- भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन।
- किसानलाई प्रोत्साहन र कृषि उपजको बजारीकरण गर्न।
- दमक, गौरादह र गौरीगञ्जलाई स्मार्ट सिटीका रूपमा विकास गर्न।
- बजार क्षेत्र व्यवस्थित गर्दै व्यवसायिक वातावरण सुधार गर्न।
- रतुवा, मावा र कमल खोलामा तटबन्ध निर्माण पूरा गर्न।
- स्वास्थ्य बिमा सेवा विस्तार र सुदृढीकरण गर्न।
- दमक अस्पताललाई प्रदेश अस्पतालका रूपमा स्तरोन्नति गर्न।
- स्थानीय तहका अस्पतालहरूलाई सक्षम र सुविधासम्पन्न बनाउन।
- आम्दा अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्न।
- सामुदायिक क्याम्पस तथा विद्यालयको भौतिक–शैक्षिक सुधार गर्न।
- बालमैत्री विद्यालय भवन निर्माण र शिक्षक दरबन्दी व्यवस्थापन गर्न।
- प्रादेशिक आयुर्वेद अस्पताललाई १०० शैय्याको बनाउन।
- साधुहोली सिमसार, रतुवामाई वृक्षारोपण आयोजना र आदिवासी रंगशाला जस्ता पर्यटकीय तथा पूर्वाधार आयोजना सम्पन्न गर्न।
एमालेले यी एजेन्डा कार्यान्वयनमार्फत समृद्ध नेपाल निर्माणको लक्ष्य हासिल गर्ने दाबी गरेको छ।












