Shopping cart

Magazines cover a wide array subjects, including but not limited to fashion, lifestyle, health, politics, business, Entertainment, sports, science,

TnewsTnews
मुख्य समाचार

पाँच जना मन्त्रीहरुको नाम सिफारिस, शपथ कार्यक्रम भोलि हुने ।

Email :63
काठमाडौं, असोज ५
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्री परिषद् मा निकै लामो छलफल पश्चात् राज्‍य पुनर्संरचनाका पुर्ब संयोजक डा. मदन परियार, पत्रकार जगदिश खरेल, वैज्ञानिक महावीर पुन, पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, डा.संगिता मिश्रा, मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् ।
डा. मदन परियार कृषि तथा बन पशुपन्छी मन्त्री
समता फाउन्डेसनका अध्यक्ष परियार, राज्य पुन: सम्रचनाका संयोजक बनेर समेत कार्यरत थिए । जातिय समानता, समाबेशी, समाजिक रुपान्तरणमा उनको निकै ठूलो योगदान रहिआएको छ ।
अनिल कुमार सिन्हा, उद्योग, कानुन, भुमीसुधार सहकारी मन्त्री
उनी पुर्ब न्यायाधीशको रुपमा निकै लामो समय सेबामा कार्यरत थिए । सिन्हा २०७३ साल साउन १७ गते सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त हुनुभएको थियो र २०८० साल कात्तिक १४ गते सेवानिवृत्त हुनुभयो।
महाबिर पुन शिक्षा मन्त्री
बैज्ञानिक महावीर पुन रास्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष हुन् । लामो समय देखि नेपालमा बिज्ञान प्रबिधीमा बिकास गर्नु पर्छ भनी आवाज उठाउदै आएका पुन ग्रामिण भुभागमा ईन्टरनेट सेवा पुर्याउन निकै महत्त्वपूर्ण भुमिका खेल्ने ब्यक्ति भित्र पर्छन् ।
पत्रकार जगदीश खरेल सुचना तथा संचार मन्त्री
पत्रकार जगदिश खरेक प्रखर सोधकर्ता हुन्, दुई दशक देखि पत्रकारितामा आफुलाई निकै अब्बल बनाएका खरेल ईमेज टेलिभिजनमा समाचार प्रमुख हुन् ।

डा.संगीता मिश्र स्वास्थ्य मन्त्री
स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिब डा. संगीता  मिश्र स्वास्थकर्मी हुन् । उनले कोशी अस्पतालमा समेत नेतृत्व गरेकी थिईन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts