काठमाडौं,
Gen-Z ले गरेको सामाजिक संजाल प्रतिबन्ध, भ्रष्टाचार, सुशासन, राजनैतिक स्थिरताको माग गर्दै गरेको आन्दोलनमा देशै भरी सरकारी भवन, ब्यक्तिगत सम्पती साथसाथै राजनैतिक पार्टी कार्यालयहरुमा तोडफोड तथा आगजनी समेत गरिएको थियो, यसै समयमा नेकपा माओबादी केन्द्रको पेरिसडाँडाँ कोटेश्वर स्थित रहेको केन्द्रिय कार्यालयमा पनि तोडफोड तथा आगजनी Gen-Z समुहले गरेको थियो । Gen-Z ले गरेको आन्दोलनको ८ दिन पछि आज मंगलबार बिहान, पार्टी अध्यक्ष प्रचण्ड आफ्नै केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडाँँमा आई सम्पुर्ण अवलोकन गरि पार्टी कार्यालयका दस्तावेज, महत्त्वपूर्ण कागजात आगजनी बाट बचेको र पुस्तकालयलाई सुरक्षा दिने तथा भवन सरसफाई तथा पुनः निर्माण गर्ने सबै युबाहरुलाई धन्यवाद दिई अब क्षति भएतापनी सबै देश बिदेशमा भएका पार्टी सदस्यहरुको सहयोगमा नयाँ भब्य भवन बनाउने भनेका छन् ।













