Shopping cart

Magazines cover a wide array subjects, including but not limited to fashion, lifestyle, health, politics, business, Entertainment, sports, science,

TnewsTnews
राजनीति विशेष

रास्ट्रपति समक्ष संयुक्त नागरिक पार्टीको मागहरु !!

Email :73

काठमाडौं,

मितिः २०८२/०५/२६, संयुत्त नागरिक पार्टीले आज नेपालको बर्तमान परिस्थितिलाई मध्यनजर गर्दै रास्ट्रपति समक्ष आफ्ना मागहरु प्रस्तुत गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । यस पार्टीका महासचिब बिदुर अधिकारीले आफ्नो पार्टीका सम्पुर्ण मागहरु यसरी प्रेस बिज्ञप्ति मार्फत प्रस्तुत गरेका छन् ।

नेपालको वर्तमान परिस्थिति अत्यन्तै जटिल र संवेदनशील मोडमा पुगेको छ । विशेषतः नयाँ पुस्ता (Gen-Z) ले उठाएका मुद्दाहरू जनताको वास्तविक पीडा र भविष्यप्रतिको गहिरो चिन्ताबाट उत्पन्न भएकाले यसलाई बेवास्ता गर्नु वा दमनमार्फत दबाउनु दीर्घकालीन समाधान होइन भन्ने हाम्रो ठम्याइ छ ।

यस सन्दर्भमा संयुक्त नागरिक पार्टी सम्माननीय राष्ट्रपति महोदय समक्ष निम्न मागहरू अघि सार्दछ । साथै यो सङ्गीन घडीमा सम्विधानका संरक्षक राष्ट्रपति ज्यूलाई उहाँको कार्यसम्पादनमा सहजिकरण गर्दै साथ दिनुहुनसमेत प्रधान सेनापतिज्यूलाई अनुरोध गर्दछौँ ।

१. राष्ट्रपतिज्यूले तत्काल युवा पुस्ता जेन-जी (Gen-Z) नेतृत्व सहितको सर्वदलीय बैठक आह्वान गर्नुपर्छ र वर्तमान संकटको सामना गरी राष्ट्रिय सहमतिको आधारमा देशको समस्याको समाधान खोजिनुपर्छ ।
२. आन्दोलनरत जेनजी युवापुस्ता, विज्ञ र राज्यका निकायबिच समावेशी संवाद सुरु गरिनुपर्छ ।
३. संविधानसम्मत समाधान रणनीति अपनाएर दीर्घकालीन सबै समस्या संवैधानिक रूपमा समाधान गर्नुपर्छ ।
४. न्याय र समावेशीकरण आधारमा युवापुस्ताका मागहरूलाई समानता, अवसर र न्यायको आधारमा सम्बोधन गर्नुपर्छ ।
५. राष्ट्रको सम्पत्ति संरक्षण – आन्दोलित पक्ष र सुरक्षा संयन्त्र दुवैले संयमित भएर राष्ट्रिय सम्पत्तिको रक्षा गर्नुपर्छ ।
६. नयाँ पुस्ताको नेतृत्वलाई औपचारिक मान्यता – दिन अबको नेपाल निर्माणमा Gen-Z पुस्ताको आवाजलाई नीति–निर्णय प्रक्रियामा मान्यता दिनुपर्छ ।
७. आजसम्मका जनआन्दोलनहरूका उपलब्धीहरूः गणतन्त्र, धर्मनिरपेक्षतासहितको धार्मिक स्वतन्त्रता, समानुपातिकता र समावेशिताको संरक्षण गर्दै अग्रगमनकारी निकास दिनुपर्छ ।

हाम्रो संयुक्त नागरिक पार्टीको तर्फबाट राष्ट्रपति र सेनाप्रमुखज्यूको निष्पक्ष नेतृत्व, संवैधानिक जिम्मेवारी र दूरदृष्टिले मात्र नेपाललाई शान्ति, स्थायित्व र समृद्धिको बाटो खोल्ने र समस्याको समाधानतर्फ अघि बढाउन सक्दछ भन्ने सुझाव राख्दछौं ।
धन्यवाद ।

विदुर अधिकारी,
उपमहासचिव तथा प्रबक्ता संयुक्त नागरिक पार्टी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts